घर घेरेर आफुलाई काँग्रेसका कार्यकर्ताले धम्की दिएको सांसद चौधरीको आरोप
वि.सं.२०७९ वैशाख २९ बिहीवार १२:५५
shares
;~rf/sdL{;Fu g]qL rf}w/L g]skf -Pdfn]_ g]qL zfGtf rf}w/L bzf}+ dxflwj]zg;Fu ;DaGwL /xL ;~rf/sdL{nfO{ k|ltlqmof lbFb} . tl:a/M k|bLk/fh jGt÷/f;;
काठमाडौं ।नेकपा एमालेकी सांसद शान्ता चौधरीले काँग्रेस कार्यकर्ताले आफ्नो घर घेरेको बताएकी छन् । उनले दाङ स्थित आफ्नो घर काँग्रेसका कार्यकर्ताले घेरेर धम्की दिएको बताएकी हुन् । ‘नेपाली काँग्रेसका कार्यकर्ता मेरो घर घेरेर धम्की दिँदैछन् यतिबेला’, उनले सामाजिक सञ्जालमा लेखेकी छन् ।

जिल्ला प्रहरी कार्यालय दाङले भने यसबारे बुझ्ने कार्य भइरहेको बताएकी छन् । बुधबार बुटवलमा बम विस्फोट भएको छ भने देशका विभिन्न स्थानमा मौन अवधिका क्रममा अशान्त वातावरण बनेको खबर प्राप्त भइरहेका छन् । निर्वाचन आयोगले गए रातिदेखि लागू हुनेगरी मौन अवधि लागू गरेको थियो ।





































