kumari
stcnepal

आज थपिए ४ कोरोना संक्रमित

काठमाडौं ।पछिल्लो २४ घन्टामा देशभर थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार ४ जनामा संक्रमण पुष्टि भएको हो।

२ हजार ८१७ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। दुई हजार ४६३ जनाको पिसिआर र ३५४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर १७३ जना सक्रिय संक्रमित छन्।

बिहीबार १८ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमण बाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।

 

 

footer