kumari
stcnepal

भोलि चुनावको दिन कुन कुन ठाउँमा पानी पर्ने पुर्वानुमान ?

काठमाडौं ।भोलि वैशाख ३० गते हुने स्थानीय चुनावमा देश तयारीको अवस्थामा रहेको छ | निर्वाचन आयोगले तयारीको सबै पाटो सकाए पनि मौसमले भने साथ दिन्छ वा दिदैन भन्ने संकाको विषय रहेको छ | नेपाल सरकारको मौसम पुर्वानुमान महाशाखाले जारी गरेको सूचना अनुसार भोलि ३० गते बिहान ६ बजे देखि साझँ ६ बजे सम्म प्रदेश १, मधेश प्रदेश २ र बाग्मती प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ |

त्यस्तै, गण्डकी प्रदेश, बाग्मती प्रदेश र प्रदेश १ का केहि स्थानहरुमा मेघ गर्जन / चटयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ | यस बाहेकका अन्य प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन / चटयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ |

२०७९ वैशाख ३० गते (शुक्रवार)

दिउँसो : प्रदेश नं १, मधेश प्रदेश, र बागमती प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन / चटयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। अन्य प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन / चटयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राति : प्रदेश नं १ मा सामान्य बदली र देशका अन्य प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश नं १ का केही स्थानहरूमा साथै बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन / चटयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ।

footer