काठमाडौं महानगरपालिकाका पूर्व वडाध्यक्ष चन्द्रानन्द नेवाको आज निधन
वि.सं.२०७९ वैशाख २९ बिहीवार २०:५९
shares

काठमाडौं ।काठमाडौं महानगरपालिकाका पूर्व वडाध्यक्ष चन्द्रानन्द नेवाको आज निधन भएको छ । बुधबार राति नेवाको घरमै निधन भएको काठमाडौं महानगरपालिकाको आधिकारिक समाचार पोर्टलले जानकारी दिएको छ । । विसं. १९८९ मा जन्मिएका नेवाले २०१९ साल देखि २०५९ साल सम्म काठमाडौं महानगरमा जनप्रतिनिधिका रुपमा काम गरेका थिए ।
खुट्टा दुख्ने र रक्तचापको समस्या भएपछि पछिल्लो समय उनी अस्वस्थ थिए । स्वतन्त्र बाम उम्मेद्वारका रुपमा उनी २०१९ सालमा स्थानीय निर्वाचन बाट वडा सदस्य निर्वाचित हुँदा अहिलेको वडा नम्बर १८ त्यसबेला वडा नम्बर १२ थियो । त्यसपछि उपप्रधानपञ्च हुँदै २०३२ सालको निर्वाचन बाट प्रधानपञ्च चुनिएका थिए ।
उनी पटक-पटकका निर्वाचनमा कहिले वडा सदस्य त हलिे वडा अध्यक्ष चुनिएका थिए । २०१९ साल देखि २०५४ साल सम्म भएका स्थानीय निर्वाचनमा उनले जित हासिल गरेका थिए ।






































