kumari
stcnepal

आजको मौसम कस्तो रहला

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही गण्डकी प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

यस्तै, दिउँसो प्रदेश नं. १, मधेश प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशमा आंशिक देखि सामान्य बदली रहने जनाइएको छ । त्यस्तै, प्रदेश नं. १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

अन्य प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । यसैगरी, राति प्रदेश नं. १ मा सामान्य बदली र देशका अन्य प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ ।

प्रदेश नं. १ का केही स्थानहरूमा साथै बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं. १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । यसैबीच, कर्णाली र सुदूरपश्चिम प्रदेशहरुका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

 

footer