सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सत्ताधारी दलभित्र केही समयका लागि युद्धविराम

1.08K
shares

काठमाडौ । लामो समयदेखि चल्दै आएको सत्ताधारी दलभित्रको आन्तरिक विवाद केही समयका लागि युद्धविराम भएको छ । फुटको डिलमा पुगेको नेकपाको विवादलाई अब यही मंसिर १३ गते बस्ने सचिवालयको बैठक, १८ गते बस्ने स्थायी कमिटीको बैठक र २५ गते बस्ने भनिएको केन्द्रीय समितिको बैठकले टुँगोमा पु¥याउने भनिएपनि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल पक्षले ती सबै बैठकहरुमा आ–आफ्नो पक्षमा बहुमत पु¥याउने रणनीति अख्तियार गर्ने भएका छन् । कार्तिक २८ गते अध्यक्ष दाहालले अर्का अध्यक्ष एवं प्रधानमन्त्रीलाई लेखेको पत्रमा सँगीन आरोपहरु लगाएका छन् ।

दाहालले लगाएका आरोपहरुलाई कुनै उत्तर दिनु नपर्ने र सचिवालयको बैठक सम्म नबस्ने उद्घोष गर्दै आएका ओली र उनी पक्षीय नेताहरु एकाएक मंसिर ३ गते सचिवालयको बैठकमा उपस्थित भएका थिए । नेपालको राजनीतिमा विदेशी हस्तक्षेप स्वीकार गर्न दलहरु तछाँड मछाँड गरी लागि रहेका बेला मंसिर २ गते नेपालका लागि चिनियाँ राजदूत होऊ यान्छीले प्रधानमन्त्री ओलीलाई मध्यरातमा भेटघाट गरी झण्डै दुई घण्टासम्म कुराकानी गरेपछि प्रधानमन्त्री ओली मंसिर ३ गतेको सचिवालय बैठकमा जान सहमत भएका थिए । प्रधानमन्त्री ओलीले चिनियाँ राजदूत यान्छीलाई भेटेलगत्तै उनी राष्ट्रपतिलाई भेट्न सोहीरात राष्ट्रपति भवन शितल निवास पुगेका थिए । यसअघि पनि गत बैशाखमा नेकपाभित्र उत्पन्न भएको विवादलाई साम्य पार्न राष्ट्रपति र चिनियाँ राजदूत यान्छी सक्रिय भएकाले त्यस बेला सुपर ग्लु लगाएर विवादलाई साम्य पारिएको थियो । अहिले पनि कमसेकम मंसिर १३ गते सम्मलाई विवाद साम्य पारिएको छ ।

गत कार्तिक २८ गते पार्टीका अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको १९ पेज लामो राजनीतिक प्रस्तावमा सरकारको संलग्नता भएको भनिएको भ्रष्टाचारहरुको फेहरिस्त रहेको छ । ती मध्ये होल्डिङ्गस र ओम्नी समूहको सम्बन्ध र अनियमितता बारेका प्रश्नमा उपप्रधानमन्त्री समेत रहेका सचिवालय सदस्य इश्वर पोखरेलसँग समेत जोडिएको छ । नेपाल ट्रष्टको जग्गा यति समूहलाई सस्तोमा दिने निर्णय गराउन प्रमुख भूमिका खेलेको र स्वास्थ्यसम्बन्धी सामाग्री खरिद प्रकरणमा तत्कालिन कोरोना रोकथाम उपचार नियन्त्रण सम्बन्धी उच्चस्तरीय समितिका संयोजक समेत रहेका पोखरेल यी दुवै प्रकरणमा गाँसिएका छन् । त्यही कारण दाहालले उठाएका संगीन आरोपहरुको बुँदागत उत्तर दिन प्रधानमन्त्रीले दाहालले उठाएका विषयहरुमा उत्तर दिने भएका छन् ।

सचिवालय बैठकले उचित निर्णय नलिए वा अल्पमत र बहुमतको आधारमा सचिवालय बैठकले उचित निर्णय लिने प्रयास भएमा फेरी त्यो मुद्दा स्थायी कमिटीको बैठक हुँदै केन्द्रीय समितिको बैठकमै पुग्ने निश्चित जस्तै भएको छ । केन्द्रीय समितिले समेत बहुमतको आधारमा दाहालले प्रधानमन्त्रीमाथि लगाएका आरोपलाई समर्थन गरेको खण्डमा नेकपामा फेरी अर्को विवाद सिर्जना हुन सक्छ । सचिवालय स्थायी कमिटी र केन्द्रीय समितिमा दाहाल–माधव नेपाल पक्षको बहुमत रहेको हुनाले केन्द्रीय समितिबाट बहुमतको आधारमा निर्णय गरिएको खण्डमा पार्टी विभाजनको डिलमा पुग्न सक्छ । नेकपाको वरिष्ठनेताहरु माधव नेपाल र झलनाथ खनाल हुँदै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्वसम्मत निर्णय हुन नसकेको खण्डमा बहुमतका आधारमा निर्णय हुने बताइसकेका हुनाले अहिले नै नेकपाको विवाद समाधान भयो भनेर सोच्नु गलत सावित हुनेछ । अहिले त युद्धविराम मात्र भएको हो त्यो युद्ध विराम जुनसुकै बेलापनि भङ्ग हुन सक्ने सम्भावना जिवितै छ ।

पार्टीका दुवै अध्यक्षहरुका प्रस्तावहरु आएपछि सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा लैजाने निर्णय मंसिर ३ गतेको सचिवालय बैठकमै निर्णय गरेपछि पार्टीका महासचिव विष्णु पौडेलले सचिवालय बैठकमै प्रश्न गरेका थिए के सचिवालय निर्णय गर्न असफल भएको हो त ? यदि त्यो हो भने हामीहरु सचिवालय सदस्यमा बसिरहन आवश्यक नभएको भन्दै सबै सचिवालय सदस्यहरुले राजिनामा दिएर स्थायी कमिटीका सदस्यहरुलाई पार्टीको नेतृत्व जिम्मा लगाऔँ समेत भनेका छन् । उनले अहिलेकै अवस्था कायम रहने हो भने हामीहरु सबै कम्युनिष्ट पार्टीको र आन्दोलनको मलामी हुन तयार रहौँ सम्म भन्न भ्याएका थिए । यसरी सत्ताधारी दलभित्रको आन्तरिक विवाद सडकमै छताछुल्ल हुन पुगेको अवस्थामा विदेशीहरुले खेल्ने ठाउँ पाएका हुन् । उनीहरुलाई खेल्ने ठाउँ राजनीतिक दलहरुले हिजो पनि दिएका थिए, आजपनि दिँदै आएका हुनाले प्रष्ट हुन्छ हाम्रा राजनीतिक दलहरुमा निर्णय गर्ने सक्ने क्षमता नै भएन र उनीहरु जहिलेसुकै सत्ताको लागि मात्र लडिरहन्छन् भन्ने प्रमाणि हुँदै गएको छ ।

अध्यक्ष दाहालको प्रस्तावले झण्डै विभाजनको डिलमा पुगेको नेकपाले फेरी अर्का अध्यक्ष एवं प्रधानमन्त्रीले अर्को प्रस्ताव पेश गरेपछि नेकपामा दुई समूहको बैचारिक लडाई विधिवत र दस्तावेज सहित अर्को लडाई सुरु हुने निश्चित रहेकाले अहिले नै पार्टी एक भयो भनेर सोच्नु गलत हुनेछ । अहिले केही समयको लागि युद्ध विराम भएको हो लडाई सकिएको छैन । लडाईमा दुवै पक्षमा लडाईको तयारी गर्न युद्धविराम गर्ने गरेका हुन्छन् । अहिले नेकपामा त्यही भएको हो । अब राजनीतिक एम्बुसमा ओली वा दाहाल–नेपाल कुन पक्ष पर्दछन् त्यो हेर्न केही समय कुर्नुपर्ने अवस्था आएको छ । जेसुकै जुनसुकै सुपर–ग्लु लगाएर पार्टीलाई एक राख्न खोजेपनि त्यो प्रायः असम्भव रहेको छ । एउटा म्यानमा दुईवटा खुकुरी राख्न सकिँदैन है ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports