बैतडीमा मतदानपछि फर्किंदै गर्दा एक वृद्धको निधन
वि.सं.२०७९ वैशाख ३० शुक्रवार ०९:१७
shares

बैतडी ।बैतडीमा मतदान गर्न गएका एक वृद्धको निधन भएको छ । निधन हुनेमा दोगडाकेदार गाउँपालिका–३ कफल्डाका ८४ वर्षीय हरिसिंह भाट रहेका प्रहरी निरीक्षक दीपक विष्टले जानकारी दिए ।
आज बिहान ८ बजे सनातन धर्म मावि खोचलेकमा मतदान गरेपछि फर्कने क्रममा मतदानस्थल बाहिर उनी बेहोस भएका थिए । उनलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै निधन भएको प्रहरीले जनाएको छ ।


































