रामचन्द्र पौडेलको गाँउमा मेयरका स्वतन्त्र उम्मेदवार जोशी कुटिए
वि.सं.२०७९ वैशाख ३० शुक्रवार १५:४१
shares

काठमाडौं ।तनहुँको व्यास नगरपालिका मेयरका उमेदवार दीपकराज जोशी माथि आक्रमण भएको छ । तनहुँकै रिस्तीमा उनी माथि आक्रमण भएको हो । उनी माथि कांग्रेस कार्यकर्ताले आक्रमण गरेको बताइएको छ ।
जोशीले रिस्तीमा रहेको एउटा मतदान केन्द्रमा मतपत्र च्यातेको आरोप छ । त्यसपछि आक्रमण भएको थियो । जोशीको टाउकोमा चोट लागेको छ । दीपकराज जोशीका बुबा गोविन्दराज जोशीले दिएको जानकारी अनुसार अहिले घाइतेलाई अस्पताल लैजाने तयारी भइरहेको छ ।
रिस्ती कांग्रेस नेता रामचन्द्र पौडेलको गाउँ हो ।

































