प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेसका वडाअध्यक्षका उम्मेदवार जनक बाँठामगर सवार गाडीको ठक्कर बाट एक जना मतदाताको निधन

611
shares

रुकुम पश्चिम। रुकुम पश्चिममा नेपाली कांग्रेसका वडाअध्यक्षका उम्मेदवार जनक बाँठामगर सवार गाडीको ठक्कर बाट एक जना मतदाताको निधन भएको छ ।

मृत्यु हुनेमा बाँफिकोट गाउँपालिका वडा नं. ७ का ७० वर्षीय प्रवीण खत्री रहेका छन् । उनको सल्ले अस्पतालमा निधन भएको हो । अर्थमन्त्री जनार्दन शर्मा, नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्ष विमला केसी लगायत मृतक खत्री परिवारका सदस्यहरु सँगै अस्पतालमा छन् ।

बाँफिकोट गाउँपालिकाको धारवाङ स्कुलको मतदान केन्द्रमा लु३च ३३१० नम्बरको गाडीले खत्रीलाई ठक्कर दिएको थियो । गाडीमा उम्मेदवार जनककुमार बाँठा मगर सवार थिए । खत्री मत हाल्नका लागि मतदान केन्द्रतिर जाँदै थिए भने बाँठा मतदान केन्द्रको अनुगमनका लागि जाँदै गर्दा उक्त गाडीले ठक्कर दिएको थियो । प्रहरीले गाडीका चालक देवराज शाहीलाई नियन्त्रणमा लिएको छ ।

माओवादी केन्द्रकी नेतृ केसीले घटना नियोजित भएको दाबी गरेकी छन् । ‘माओवादी केन्द्र विरुद्ध तालमेल गरेका कांग्रेस-एमाले हार्ने निश्चित भएपछि गुण्डागर्दी शैलीमा हामीहरु माथि आक्रमण गरिरहेका छन्, यो घटना पनि सोही अन्तर्गतको हो,’ केसीले भनिन् ।

उनका अनुसार घटना हुने बेला मृतक प्रविण खत्रीका छोरा सुरेश पनि सँगै थिए । रुकुमका विभिन्न स्थानमा माओवादी र कांग्रेस-एमाले गठबन्धन बीच झडप हुँदै आएको छ । आज पनि छिङ लगायतका स्थानमा झडप भएको छ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports