प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

१४ जिल्लाका ४४ मतदान केन्द्रमा निर्वाचन स्थगित

637
shares

काठमाडौं ।निर्वाचन आयोगले १४ जिल्लाका ४४ वटा मतदान केन्द्रमा विवाद र झडपका कारण मतदान स्थगित भएको जनाएको छ । आयोगले शुक्रवार साँझ पत्रकार सम्मेलन गरी कतिपय मतदान केन्द्रमा मौसमको खराबीका कारण पनि स्थगित भएको जनाएको हो ।

पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन आम रूपमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताए । ‘सबै ठाउँमा एकैचरणमा मतदान सम्पन्न हुने अपेक्षा गरेका थियौँ, तर दलहरूको बीचमा उत्पन्न विवादले उग्र रूप लिएको र वर्षाका कारण समेत गरी देशभर ४४ वटा स्थानीय तहमा मतदान सम्पन्न हुन सकेन’, थपलियाले पत्रकार सम्मेलनमा भने ।

यसपटक कममा ५० देखि बढीमा ७५ प्रतिशत सम्म मतदान भएको आयोगले जानकारी दिएको छ । स्थगन भएका मतदान केन्द्रको मतदान आयोग सँगको समन्वयमा छिट्टै गर्ने व्यवस्था मिलाएको आयोगले जनाएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports