प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सुरक्षा कमजोरीले दलका प्रतिनिधि अराजक भएको निर्वाचन आयोगको निष्कर्ष

533
shares

काठमाडौं ।सुरक्षा कमजोरी हुँदा स्थानीय तह निर्वाचनमा राजनीतिक दलका कार्यकर्ता अराजक भएको निष्कर्ष निर्वाचन आयोगले निकालेको छ । देशभरका ७५३ पालिकाका २२ हजार बढी मतदान केन्द्रमा शुक्रबार एकसाथ मतदान भएको थियो । तर राजनीतिक दलका कार्यकर्ता बीच भएको झपडका कारण कम्तीमा २५ मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।

२०७४ को स्थानीय तह निर्वाचनमा पनि २०-२५ स्थानमा विवाद भएको थियो । त्यसबेला पुलिङ सेन्टर बाहिर झडपका घटनाहरु भएका थिए । यो पटक कतिपय स्थानमा मतपत्र च्यातिएको छ भने कतिपय ठाउँमा मतपेटिका तोडफोड भएको छ । सुरक्षा कमजोरीका कारण राजनीतिक दलका कार्यकर्ता अराजक भएको निर्वाचन आयोगको निष्कर्ष छ ।

पटक-पटक सुरक्षा घेरा कमजोर हुन्छ कि भन्ने प्रश्न उठाएको थियो, र सामान्य, मध्यम, संवेदनशील, अति संवेदनशील सहित पाँच तहको सुरक्षा वर्गीकरण गर्र्नुपर्नेमा जोड दिएको थियो । तर अहिले तीन तहको मात्र वर्गीकरण भयो । आयोगले म्यादी प्रहरी भर्नामा पनि भूपू सुरक्षाकर्मीलाई प्राथमिकता दिन भनेको थियो । तर म्यादी प्रहरीमा धेरै नयाँ आए ।

२०७४ मा भन्दा अहिले राजनीतिक ध्रुवीकरण चर्को छ । त्यहीबेला सुरक्षाकर्मीले ग्याप दिएका कारण राजनीतिक दलका प्रतिनिधि अराजक भएको आयोगको निष्कर्ष छ । यसले मत नै कम खसेको भन्दै आयोगका अधिकारीहरुले भनेका छन्, ‘यतिको भइसकेपछि शान्तिपूर्ण भन्न सकेनौं, सामान्य रुपमा निर्वाचन भयो भन्ने हाम्रो निष्कर्ष छ ।’

यद्यपि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने आम रुपमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको बताएका छन् । तर कतिपय ठाउँमा उम्मेदवारहरुको विवाद, सामान्य विषयमा पनि विवाद झाँगिंदै जाँदा मतदान स्थलहरुमा झडप तथा तनाव भएको उनले बताए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports