विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

स्थानीय तहको निर्वाचनमा आफ्नो दलले अपेक्षित परिणाम ल्याउन नसकेको माधव नेपालको टिप्पणी

546
shares

काठमाडौं ।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनमा आफ्नो दलले अपेक्षित परिणाम ल्याउन नसकेको बताएका छन् । मंगलबार पार्टी कार्यालयमा आयोजित मदन–आश्रित स्मृति दिवसको कार्यक्रममा सम्बोधन गर्दै गठबन्धनका घटकबाट पनि राम्रो सहकार्य नपाएको टिप्पणी गरे ।

‘अहिले सम्मको निर्वाचन परिणाम अवश्य पनि हाम्रो पार्टीले प्राप्त गर्ने जति छैन । कतिपय ठाउँमा राम्रै अवस्था पनि छ,’ उनको भनाइ छ, ‘अझै पनि हामीले अपेक्षित परिणाम प्राप्त गर्न सकेका छैनौं । हामी सँग गठबन्धन दलका घटकहरुले राम्ररी सहकार्य गर्न चाहेनन् ।’

नेपालले निर्वाचन र गठबन्धन बीच सहकार्यको गम्भीर समीक्षा आफूहरुले गर्ने समेत बताएका छन् । ‘हामी निर्वाचनको पनि गम्भीर समीक्षा गर्ने छौं,’ उनको भनाइ छ, ‘हामीले गठबन्धन कार्यको पनि समीक्षा गर्नेछौं । समीक्षा गरेर हामीले कहाँ राम्रो गर्यौं, कहाँ त्रुटि गर्यौं त्यसको समीक्षा गर्ने छौं ।’

परिणाम जेसुकै आए पनि पार्टीलाई जनताको बीचमा बलियो बनाउनुपर्ने उनको भनाइ छ । ‘तर, जे सुकै भए पनि यो पार्टीलाई बलियो जगमा उभ्याउनुपर्ने छ । यो पार्टीलाई जनताको बीचमा क्रियाशील बनाउनुपर्ने छ । जनताको प्यारो पार्टीका रुपमा अगाडि बढाउनुपर्ने छ,’ उनले भने ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports