प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

क्यानले नेपाल टी–२० लिगको आधिकारिक घोषणा गर्यो

832
shares

काठमाडौं ।नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी–२० लिगको आधिकारिक घोषणा गरेको छ । बुधबार राजधानीको एक होटलमा कार्यकम आयोजना गर्दै नेपालको आधिकारिक टी–२० लिग घोषणा गरेको हो । असोज ८ देखि कात्तिक ५ सम्म हुने नेपाल टी–२० लिगमा ६ टिमले प्रतिस्पर्धा गर्नेछन् । खेल त्रिवि मैदान कीर्तिपुरमा हुने छ ।

यसअघि प्रस विज्ञप्ती मार्फत लिगको घोषणा गरेपनि क्यानले मिति घोषणा गरेको थिएन । भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई आयोजना अधिकार दिएर क्यान आलोचित बनेको थियो । पत्रकार सम्मेलनमा नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले नेपालको आधिकारिक टी–२० लिग घोषणा गर्न पाउँदा खुशी लागेको बताए ।

क्यानको साधारण सभा बाट दुईपटक सम्म टी–२० लिग गर्न सरकारले स्वीकृति नदिंदा रद्द गर्ने कि भन्ने सोचमा समेत पुगेको उनले बताए । दुई वर्षको मिहिनेतपछि लिग घोषणा गर्न सफल भएको सुनाए । यसको पहिलो संस्करण सेप्टेम्बर २४ देखि अक्टुबर २२ सम्म हुने छ । आगामी १५ दिनमा टिम लगायत सबै कुरा घोषणा हुने उनले बताए ।

यसैगरी नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले यसलाई नेपाली क्रिकेटको ऐतिहासिक दिन भएको बताए । २०७६ मा चतुर बहादुर चन्दको नयाँ नेतृत्व आएदेखि नै फ्रेन्चाइज लिग गर्ने सोचमा भए पनि कोभिड महामारी लगायतले गर्दा ढिला भएको उनले बताए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports