kumari
stcnepal

जुम्लाको कनकासुन्दरीमा एम्बुलेन्स दुर्घटना हुँदा तीन जना घाइते

जुम्ला ।जुम्लाको कनकासुन्दरीमा एम्बुलेन्स दुर्घटना भएको छ । कनकासुन्दरी गाउँपालिका-६ स्थित दाँते ओखरमा क१झ १५ नम्बरको एम्बुलेन्स दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयका जुम्लाका सूचना अधिकारी प्रहरी निरीक्षक (इन्सपेक्टर) भुवन भट्टका अनुसार एम्बुलेन्स दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य छ ।

कनकासुन्दरी-६ का बिरामी दलविरे ऐडीलाई उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा एम्बुलेन्स दुर्घटना भएको हो ।

प्रहरी निरीक्षक भट्टका अनुसार एम्बुलेन्स सड्कबाट १५/२० मिटर तल खसेको छ । दुर्घटना भएको एम्बुलेन्स कनकासुन्दरी गाउँपालिकाको हो ।

 

 

footer