हुम्लाको चंखेली गाउँपालिकामा स्वतन्त्र बाट अध्यक्षमा निर्वाचित प्यारीलाल शाहीले एक्लै शपथ लिए
वि.सं.२०७९ जेठ ८ आइतवार १४:२०
shares

हुम्ला ।हुम्लाको चंखेली गाउँपालिकामा स्वतन्त्र बाट अध्यक्षमा निर्वाचित प्यारीलाल शाहीले एक्लै शपथ लिएका छन् ।
हुम्लामा गत ६ गते शपथ कार्यक्रम थियो । संयुक्त रुपमा आयोजना गरिएको शपथ कार्यक्रममा सहभागी नभएका प्यारीलालले आइतबार मुख्य निर्वाचन अधिकृत एवम जिल्ला न्यायाधीश जगतबहादुर पौडेल बाट शपथ लिएका हुन् ।
प्यारीलाल गठबन्धनका साझा उम्मेद्वार गोविन्दबहादुर शाहीलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।उनलाई एमाले र एकीकृत समाजवादीको समर्थन थियो ।





































