२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको मेयरमा एमालेका रणबहादुर महरा निर्वाचित

897
shares

महेन्द्रनगर ।कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको मेयरमा नेकपा एमालेका रणबहादुर महरा निर्वाचित भएका छन् ।

प्रतिस्पर्धी नेपाली कांग्रेसका चिन्तामणि भट्ट र नेकपा माओवादीका नवराज ऐरलाई पराजित गर्दै महरा मेयरमा निर्वाचित भएका हुन् । महराले ६ हजार ७७३ मत पाउँदा उनका प्रतिस्पर्धी कांग्रेसका भट्टले ६ हजार २६४ र माओवादीका ऐरले ५ हजार २२५ प्राप्त गरेका छन् ।

यसैगरी उपमेयरमा नेपाली कांग्रेसकी कल्पना पन्त निर्वाचित भएकी छन् । उनले ६ हजार ५१९ मत प्राप्त गरिन् । उनकी प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका माधवप्रसाद पन्तले ५ हजार ३६० र एमालेकी मोनिका भट्टले ५ हजार २३६ मत प्राप्त गरिन् ।

नवनिर्वाचित मेयर महराले शुक्लाफाँटालाई समृद्ध र नमूना नगर बनाउने घोषणा गरेका छन् । ‘सुन्दर नगर बनाउने सपना बोकेर हिँडेका छौं, नमूना नगर बनाउने हामी सँग भिजन छ,’ उनले भने, ‘गरिब, पिछडिएका बर्गका लागि हामी काम गर्ने छौं ।’ उनले प्रत्येक वडामा प्राविधिक खटाउने र कृषिमा लगानी बढाउने बताएका छन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports