२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राप्रपा नेपालको निर्वाचन आयोग सँग पार्टीको पुरानै ‘गाई’ चुनाव चिन्ह माग्ने निर्णय

1.08K
shares

काठमाडौं ।कमल थापा नेतृत्वको राप्रपाले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई ध्यानमा राख्दै निर्वाचन आयोग सँग पार्टीको पुरानै ‘गाई’ चुनाव चिन्ह माग गर्ने निर्णय गरेको छ । सोमबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको प्रवक्ता सुरेश आचार्यले जानकारी दिए ।

बैठकले हिन्दू राष्ट्र पुनस्र्थापनार्थ जनजागरण ल्याउन आगामी असार महिनामा राष्ट्रव्यापी सनातन धर्म सम्मेलन आयोजना गर्ने निर्णय पनि गरेको उनले जानकारी दिए । राप्रपा नेपालको ‘तीर’ सहितको झण्डा सगरमाथाको शिखरमा फहराउने साहसी पर्वतारोही पासाङ शेर्पालाई तत्कालीन राप्रपा नेपालका महामन्त्री एवं संसदीय दलका नेता स्व चन्द्रबहादुर गुरुङको स्मृतिमा स्थापित एक लाख रुपैंया नगद सहितको ‘चन्द्र स्मृति विशिष्ट प्रतिभा पुरस्कार’ द्वारा पुरस्कृत गर्ने निर्णय पनि भएको आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैठकले पार्टी स्थापनाको छोटो समयमा नै स्थानीय तहको निर्वाचनमा पार्टीको तर्फ बाट खडा हुने उम्मेदवारहरू लगायत राप्रपा नेपाल प्रति सद्भाव देखाएर मतदान गर्ने सबै मतदाताहरूलाई धन्यवाद व्यक्त गरेको छ । बैठकले पेट्रोलियम पदार्थमा गरिएको अत्याधिक मूल्यवृद्धिको विरोध गर्दै मूल्यवृद्धि तत्काल नियन्त्रण गरी जनतालाई राहत प्रदान गर्न सरकार सँग जोडदार माग गरेको छ । यो स्थानीय तह निर्वाचनमा राप्रपाले कुनै सिट जित्न सकेको थिएन । तर नयाँ पार्टी भएकाले उपस्थितिलाई मात्रै पनि राप्रपाले उपलब्धीको रुपमा विश्लेषण गरेको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports