२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पनौतीको एमाले जनप्रतिनिधिहरूले गरे सपथग्रहण बहिष्कार

962
shares

काठमाडौं । काभ्रेको पनौती नगरपालिकामा नेकपा एमाले बाट निर्वाचित पदाधिकारीले सपथग्रहण बहिष्कार गरेका छन् । एमाले नगर कमिटीले नगरसभामा बहुमत रहेको आफ्नो पार्टी सँग छलफल र सहमति नगरी सपथग्रहण समारोह राखिएको भन्दै आपत्ति जनाएको छ ।

‘नेकपा एमालेको तर्फ बाट निर्वाचित जनप्रतिनिधिहरूले सपथग्रहण गर्ने सन्दर्भमा उपप्रमुख सहित नगरसभामा बहुमत रहेको पार्टी नेकपा एमाले सँग औपचारिक छलफल र सहमति नगरी कार्यक्रम आयोजना गरेको, उपप्रमुखलाई सपथ ग्रहणको केही समय अघि मात्र आमन्त्रण गरिएको तथा केही वडा अध्यक्षहरुलाई हाल सम्म पनि आमन्त्रण नगरिएको, सपथ ग्रहण समारोहमा वर्तमान संघीय तथा अन्य जनप्रतिनिधिहरुलाई आतिथ्यताको लागि आमन्त्रण नगरी भूतपूर्व जनप्रतिनिधिहरूलाई मात्र आमन्त्रण गरी जनमतलाई उपहास गर्ने तथा निष्पक्ष रही सहमति र सहकार्यको वातावरण बनाउनु पर्नेमा लोकतन्त्रको मर्म र भावनाविपरीत कुनै दल विशेषबाट मात्र निर्देशित हुने आयोजकको कार्यप्रति असहमति जनाउँदै आज ३ बजे आयोजना गरिएको सपथ ग्रहण कार्यक्रममा सहभागी नहुने व्यहोरा जानकारीको लागि अनुरोध छ’, नगर अध्यक्ष सुरेशप्रसाद हुमागाईंको हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ ।

एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले आजै अलग समारोह बीच सपथग्रहण गर्ने हुमागाईंले बताए । एमालेको गढ मानिदै आएको पनौती नगरपालिका मेयरमा यसपटक नेपाली कांग्रेस विजयी भएको छ । उपमेयर सहित ७ वटा वडाध्यक्ष भने एमालेले जितेको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports