विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

स्थानीय तह चुनावमा पार्टीका उम्मेदवारलाई असहयोग गरेको भन्दै कांग्रेस केन्द्रीय सदस्य वाग्लेलाई पार्टी सदस्य नरहने गरि कारबाही गर्न माग

611
shares

काठमाडौं ।३० वैशाखको स्थानीय तह चुनावमा पार्टीका उम्मेदवारलाई असहयोग गरेको भन्दै नेपाली कांग्रेसको तनहुँ-५ को वडासमितिले केन्द्रीय सदस्यसहित ५ जनालाई कारबाही गर्न माग गरेको छ ।

वडा समितिले केन्द्रीय सदस्य ध्रुव वाग्ले, महाअधिवेशन प्रतिनिधि एवम व्यास – ५ का निर्वतमान वडाअध्यक्ष मोहनकुमार श्रेष्ठ लगायत ५ जनालाई कारबाहीको माग गर्दै नगर समितिमा ज्ञापन पत्र बुझाएको छ ।

व्यास नगरपालिकाको मेयर, उपमेयर र व्यास-५ को वडाअध्यक्षमा उठेका पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको र विपक्ष उम्मेदवारको पक्षमा भोट मागेको आरोप लगाइएको छ ।

व्यास-५ को वडाअध्यक्षमा कांग्रेसका उम्मेदवार यज्ञप्रसाद खनाललाइ पराजय गर्दै नेकपा एमालेका विष्णकुमार श्रेष्ठ बिजयी भएका थिए । अघिल्लो पटक कांग्रेसले जितेको यो वडा बाट यसपटक मेयर उपमेयर र वडाध्यक्षलाई न्युन मत आएको थियो ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports