kumari
stcnepal

भारतिय कलाकार सलमान खानलाई नेपाल ल्याउने कार्यक्रम फेरी स्थगित

काठमाडौँ ।भारतीय अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम स्थगित भएको छ ।आगामी जेठ १४ गते दशरथ रंगशालामा हुन लागेको दबंग टुर रिलोडड अन्तिम समयमा रोकिएको हो ।

ओडीसी इन्टरटेनमेन्टको आयोजनामा हुने कार्यक्रमका लागि सलमान खानलाई नेपाल ल्याउन लागिएको थियो । यद्यपि आयोजकले कार्यक्रम स्थगित भएकोबारे औपचारिक जानकारी गराएको छैन । कार्यक्रम स्थगित हुने पक्का भएको भए पनि कारण भने खुलाइएको छैन ।

 

footer