प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आयल निगम खारेज गर्ने सोच छैन : प्रधानमन्त्री देउवा

689
shares

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल आगल निगम खारेज गर्ने कुनै सोच नभएको बताएका छन् ।

सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री देउवाले भनेका छन्, ‘प्रतिस्पर्धा नहुने, सरकारको एकताधिकार प्राप्त पेट्रोलियम लगायतका वस्तुहरु कारोबार गर्ने सार्वजनिक संस्था खारेज वा निजीकरण गर्ने सोच नभएको प्रष्ट पार्न चाहन्छु ।’

सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रममा कम प्रतिस्पर्धी र कमजोर सरकारी संस्थानलाई मर्जर, खारेजी वा निजीकरणमा लगिने उल्लेख भए पछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा चर्को विरोध गरेको थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आयल निगम खारेज गरेर पेट्रोलियम पदार्थको कारोबार निजी क्षेत्रलाई दिन अर्बौको चलखेल भइरहेको आरोप लगाएका थिए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports