अंग्रेजी नयाँ वर्ष २०२२ जनवरी १ देखि पोखरा विमानस्थलमा सञ्चालन गर्ने तयारी
वि.सं.२०७९ जेठ १६ सोमवार १८:१८
shares

काठमाडौं ।अंग्रेजी नयाँ वर्ष २०२२ जनवरी १ देखि पोखरा विमानस्थलमा सञ्चालन गर्ने तयारी भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक प्रदीप अधिकारीका अनुसार जनवरी १ अर्थात पुस १७ गतेदेखि आन्तरिक उडान सुरु गर्ने लक्ष्य अनुसार काम भैरहेको छ ।
सोमबार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सांसदहरुले पोखरा विमानस्थल सञ्चालनमा भएको ढिलाइ बारे प्रश्न गरेका थिए । जवाफमा उनले पहाड काट्ने र ल्याण्डफिल्ड साइड व्यवस्थापन गर्ने काम सकेर नयाँ वर्षको सुरुवात सँगै उडान सुरुवात गर्ने तयारी रहेको जानकारी दिएका हुन् ।
सन् २०१४ को मे ३१ मा नागरिक उड्डयन प्राधिकरण र ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेड बीच पोखरा विमानस्थल निर्माणको ठेक्का सम्झौता भएको थियो । यसको निर्माण २०२१ जुन १० मा सक्ने भए पनि कोरोना महामारीका कारण एक वर्ष म्याद थपेर काम भैरहेको छ ।































