२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्री बालेन र भारतीय विदेशमन्त्री जयशंकरबिच भेटवार्ता

468
shares

प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतका विदेशमन्त्री डा. एस. जयशंकरले शिष्टाचार भेटवार्ता गरेका छन् ।

नयाँ दिल्लीस्थित होटल ताजमहलमा भएको भेटवार्ताका क्रममा नेपाल–भारत सम्बन्धका विविध पक्षमा छलफल भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार विशेषगरी कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायतका क्षेत्रमा सहकार्य गर्ने विषयमा कुराकानी भएको थियो ।

भेटमा दुई देशबीचको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल भएको प्रधानमन्त्रीको कार्यालयले जानकारी दिएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री शाह दुई दिने भ्रमणमा भारतमा छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports