२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज बागमती प्रदेशको नीति तथा कार्यक्रम माथि छलफल हुँदै

806
shares

काठमाडौं ।बागमती प्रदेश सरकारको सोमबार प्रस्तुत भएको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम माथि आज छलफल हुँदैछ । प्रदेश सभा बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले आव २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । प्रदेश संसद् सचिवालयका अनुसार आजको छलफल सकिएपछि भोलि बुधबार छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिने कार्यसूची छ । त्यसपछि नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरिने छ ।

नीति तथा कार्यक्रममा माध्यमिक विद्यालयमा एक विद्यालय एक नर्स कार्यक्रम प्रभावकारी बनाउने, उच्च शिक्षा अध्ययनका लागि छोरीबुहारी छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिने, एक वडा एक पशु कार्यालय खोल्ने विषय समेटिएको छ । नीति तथा कार्यक्रममा विद्युतीय सार्वजनिक सवारीसाधनको व्यवस्थापन गर्ने, स्मार्ट लाइसेन्सको व्यवस्था गर्ने, सार्वजनिक सवारी साधनको विद्युतीय सेवाका माध्यम बाट भाडाको व्यवस्थापन गर्ने, सडक निर्माण तथा विस्तारको कामलाई निरन्तरता दिने र यातायात क्षेत्रको व्यवस्थापनका लागि ट्राफिक सँग समन्वय गर्ने, प्रदेशस्तरीय खेलकूदको आयोजना गरिने उल्लेख छ ।

यस्तै, श्रम तथा रोजगारीको व्यवस्था, कृषिको विकास, कृषिको क्षतिपूर्ति लगायत मलखाद्यको व्यस्थापन, उद्योग कलकारखानाको विकास, संरक्षण र लगानीका विषय कार्यक्रम समेटिएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports