विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भारतीय प्रहरीको पञ्जाबका गायक सिद्धू मुसेवालाको हत्यामा संलग्न व्यक्ति नेपाल प्रवेश गरेको हुनसक्ने आशंका

494
shares

काठमाडौं । भारतीय प्रहरीले पञ्जाबका गायक सिद्धू मुसेवालाको हत्यामा संलग्न व्यक्ति नेपाल प्रवेश गरेको हुनसक्ने आशंका गरेको छ । प्रकरणमा पक्राउ परेका दुई जनाको बयानका आधारमा सिद्धूलाई गोली हान्ने सुटर सँग जोडिएका व्यक्ति नेपालमा हुनसक्ने आशंकामा दिल्ली प्रहरीको स्पेशल सेलले नेपालमा गोप्य अपरेशन चलाइरहेको स्रोतको दाबी छ ।आइतबार पञ्जाबको मानसा जिल्ला स्थित जवाहर्के गाउँमा अज्ञात व्यक्तिले मुसेवालाको गोली हानी हत्या गरेका थिए । पञ्जाब सरकारले उनको सुरक्षा फिर्ता लिएको एक दिनपछि उनको हत्या हो । घटनाका आक्रमणकारी खुला सीमाको फाइदा उठाउँदै नेपाल प्रवेश गरेको गोप्य सूचनाको आधारमा दिल्ली प्रहरीको टोली शुक्रबार नेपाल आइपुगेको स्रोतलाई उद्धृत गर्दै इण्डिया टुडेले उल्लेख गरेको छ ।

नेपाल प्रहरीका उच्च अधिकारीहरुले चाहिँ भारतीय प्रहरीको टोली नेपाल आएका बारे औपचारिक जानकारी नभएको बताएका छन् । तर, अनौपचारिक कुराकानीमा एक अधिकृतले भारतीय प्रहरीले नेपालमा पनि केन्द्रीत भएर अनुसन्धान गरिरहेको बताए । मुसेवालाको हत्यामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरिएको भनिएको केही घण्टामै भारतीय प्रहरी नेपाल आइपुगेको जनाइएको छ । गायक मुसेवाला मारिएको दुई दिनपछि मंगलबार पञ्जाब पुलिसले पवन विष्णुई र खानलाई नामक दुई युवालाई पक्राउ गरेको थियो । उनीहरुले घटनामा प्रयोग भएको बोलेरो गाडी उपलब्ध गराएको प्रहरीको आरोप छ ।

भारतीय प्रहरीले गायक मुसेवालाको हत्यामा संलग्न भएको आशंकामा कुख्यात लागूऔषध तस्कर मनप्रित सिंहलाई पक्राउ गरेको थियो । उनलाई हिरासतमा लिएर अनुसन्धान गरिरहेका वेला दुईजना युवा पक्राउ परेका थिए । सिंहले नै ती युवालाई गाडी उपलब्ध गराएको प्रहरीको आरोप छ । गायकको हत्याको जिम्मेवारी लरेन्स विश्नोई ग्याङले लिएको छ । क्यानडामा गएर पढेर भारत फर्किएका थिए । भारतको एक टिभी च्यानलमा बोल्दै ग्याङका तर्फबाट सचिन थपन नामक व्यक्तिले घटनाको जिम्मेवारी लिँदै सिद्धूको हत्या ‘पब्लिसिटी स्टनट’ वा ‘असूली’का लागि नभइ पञ्जाबका युवा नेता विक्की मिदुखेराको हत्यामा संलग्नलाई सेल्टर दिएको बदला लिइएको उल्लेख गरेका थिए ।

विक्कीले कुनै वेला लरेन्स विश्नोईलाई सहयोग गरेको भारतीय प्रहरीको भनाइ छ । त्यसैले यो सद्धूको हत्या दुई आपराधिक समूह बीचको द्वन्द्वको परिणाम भएको अनुसन्धान अधिकृतहरुको बुझाइ छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports