प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अर्घाखाँची जिससको सबै पदमा एमालेका उम्मेदवार निर्बिरोध

637
shares

अर्घाखाँची। जिल्ला समन्वय समिति अर्घाखाँचीको सबै पदमा नेकपा एमालेका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । पाँच दलीय गठबन्धनले उम्मेदवारी नदिएपछि समन्वय समितिका सबै पदमा एमाले उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका हुन् ।

मतदाता मध्ये दुई तिहाइ एमालेको भएपछि गठबन्धन बाट उम्मेदवारी दर्ता समेत भएन । यस सँगै अब जिल्ला समन्वय समितिको प्रमुख एमाले नेता जीवनारायण कोइराला भएका छन् । पाणिनी–५ मैदान निवासी कोइराला एमाले प्रदेश कमिटी सदस्य समेत हुन् । उपप्रमुख भने नेत्री लक्ष्मी शर्मा ज्ञवाली भएकी छिन् । छत्रदेव–१ चिदीकी उनी पूर्वमाओवादी नेत्री समेत हुन् ।

यसैगरी, समन्वय समितिको खु्ल्ला सदस्यमा नेताहरू पाणिनी–७ का कमल घिमिरे, भूमिकास्थान–८ का झुपलाल खनाल र सन्धिखर्क–७ का लक्ष्मण कँडेल निर्वाचित भएका छन् । महिला सदस्यमा टुल्कादेवी आचार्य (मालारानी–४), डालकुमारी भण्डारी (शितगंगा–१०) र सीता आचार्य (मालारानी–१) निर्वाचित भएकी छिन् । दलित र अल्पसंख्यक सदस्यमा मीना बिसी परियार चयन भएकी छिन् ।

जिल्लाका छ वटा पालिका मध्ये तीन वटा पालिकामा प्रमुख तथा उपप्रमुख एवं दुई वटा पालिकामा उपप्रमुख जितेसँगै एमालेको जित निश्चित भएको हो । समन्वय समिति गठनका लागि आवश्यक १२ मत मध्ये एमालेको ८, नेपाली कांग्रेसको २, राष्ट्रिय जनमोर्चाको १ र नेकपा (माओवादी केन्द्र)को १ मत रहेको छ ।

अल्पमतमा पर्ने भएपछि गठबन्धनले कुनै पदमा उम्मेदवारी नदिएको हो । एमालेले भने २०५४ सालको विरासत फिर्ता लिएको छ । तर, निर्वाचन कार्यालय अर्घाखाँचीले भने निर्विरोध निर्वाचित भएकाहरूको औपचारिक घोषणा गर्न भने बाँकी छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports