प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल पूँजी बजार लगानीकर्ता संघले प्रधानमन्त्री देउवालाई भेटेर शेयर बजार सम्बन्धी ५ बुँदे ज्ञापनपत्र बुझाए

611
shares

काठमाडौं ।नेपाल पूँजी बजार लगानीकर्ता संघले प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटेर शेयर बजार सम्बन्धी ५ बुँदे ज्ञापनपत्र बुझाएको छ । अध्यक्ष राधापोख्रेलको संयोजकत्वमा गएका लगानीकर्ताले प्रधानमन्त्री समक्ष शेयर धितोमा लगाइएको ४ करोड र १२ करोडको क्यापलाई पूर्ण रुपले खारेज गर्न माग राखेका छन् ।

उनिहरुले ज्ञापनपत्रमा सिसिडी लाई सिडीमा कायम गरिएकोम यसलाई खारेज गरी पुनः सिसिडी मा नै कायम गर्न माग राखेका छन् । त्यस्तै तेस्रो मागमा भारित औषत दर १५० लागु गर्ने निर्णय भएकोमा सो निर्णय खारेज गरी पुरानै भारित औषत १०० कायम गर्ने रहेको छ । चौथो मागमा भने पूँजी बजारलाई सात प्रदेश र सतहत्तर जिल्लामा विकास र विस्तार गर्न बैंकलाई ब्रोकर लाइसेन्स दिनका लागि माग गरेका छन् ।

लगानीकर्ताको ज्ञापनपत्र बुझे सँगै प्रधानमन्त्री देउवाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई फोन गरेर पूँजी बजारको समस्या सिघ्र समाधान गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्रीको निर्देशन सँगै लगानीकर्ताले भोलि गभर्नर अधिकारीलाई भेट्ने भएका छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports