प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्री देउवाले रोके मन्त्रीहरूको हेरफेर

611
shares

काठमाडौं ।बालुवाटारमा बसेको सत्ता गठबन्धनको शीर्ष नेताहरूको बैठकमा तत्काल मन्त्री परिवर्तन नगर्ने सहमति भएको छ। आज बिहान बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव बीच कुराकानी भएको थियो।


यो छलफलमा तत्काल मन्त्री परिवर्तन नगर्ने सहमति बनेको छ। ‘तत्काल मन्त्री परिवर्तन नगर्ने, अलि पछि गर्ने भन्ने कुरा भएको छ,’ बैठकमा सहभागी जसपा अध्यक्ष उपेन्द्र यादवले  भने।संसदमा बजेट बारे मन्त्रालयगत छलफल हुने र त्यहाँ मन्त्रीहरूले जवाफ पनि दिनुपर्ने भएकोले अहिले मन्त्री परिवर्तन नगर्ने सहमति भएको छ।

प्रधानमन्त्री देउवाको सचिवालय स्रोतले पनि अहिले मन्त्री परिवर्तन नहुने बताएको छ। ‘तत्काल मन्त्री परिवर्तन नगर्ने भन्ने कुरा भएको छ,’ स्रोतले भन्यो, ‘एकीकृत समाजवादी बाट लिखित रूपमा नयाँ मन्त्रीका नाम पनि आइसकेको थिएन।’

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports