पत्रकार किशोर नेपाललाई कारबाहिको माग गर्दै प्रेसकाउनसिलमा उजुरी दर्ता
वि.सं.२०७९ जेठ २३ सोमवार १६:१५
shares

काठमाडौं ।पत्रकार किशोर नेपाल र उकेरा डटकमलाई कारबाहीको मागसहित प्रेस काउन्सिल नेपाल र पत्रकार महासंघमा उजुरी परेको छ ।
बाराका विनय यादवले गत शनिबार (२१ जेठ)मा उकेरा डटकममा किशोर नेपालको बाइलाइनमा ‘बालेन साहेबको दौडधुप’ शीर्षकमा प्रकाशित लेख हिन्दु धर्मावलम्बीहरूको आराध्यदेव श्रीकृष्ण र सम्पुर्ण यदवंशी समाज अर्थात् यादव’ समाजको अपमान गरिएको भन्दै उनीहरुलाई कारबाहीको माग राखेर काउन्सिल र महासंघमा उजुरी दर्ता गराएका हुन् ।
सोमबार दर्ता भएको उजुरीमा पत्रकार नेपाल यसअघि समेत काठमाडौंको मेयर बालेन्द्र साहलाई विभिन्न अन्तर्वार्तामा जाती सुचक शब्द प्रयोग अपमान गरेको उल्लेख गरिएको छ ।
‘पत्रकार नेपाल र उकेरालाई पत्रकारिताको न्युनतम मर्यादा समेत नराख्दै विभिन्न जातजातीलाई होच्याउने कार्य गरेकोले यथासक्य शीघ्र कारवाही गर्न आग्रह गर्दछु,’ यादवले आफ्नो उजुरीमा उल्लेख गरेका छन् ।






































