प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अब देखी काठमाडौंमा ४ आना भन्दा कम हुनेगरी जग्गामा कित्ताकाट गर्न नपाईने भएको छ

611
shares

काठमाडौं । अब काठमाडौं उपत्यकामा आवासीय प्रयोजन अर्थात घर बनाउनका लागि ४ आना (१३० वर्गमिटर)भन्दा कम हुनेगरी जग्गाको कित्ताकाट गर्न नपाइने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले तयार गरेको भू उपयोगनियमावली २०७९ मा सो व्यवस्था गरिएको हो ।

मन्त्रालयले यो राजपत्रमा प्रकाशन गरी लागू गरिएको छ । नियमावलीमा आकार वा क्षेत्रफल अमिल्दो भई सीमानाको अर्को कित्ता सँ गमिलान गर्न उपयुक्त देखिएमा भने कित्ताकाट हुन सक्ने व्यवस्था गरिएको छ । यसका लागि सम्बन्धित स्थानीय तहले आवश्यक मापदण्ड निर्धारण गर्न सक्नेछ । त्यस्तै ५०० वर्गमिटर भन्दा सानो कित्ताको हकमा चौडाइ भन्दा लम्बाइ चार गुणा भन्दा बढी हुनेगरी कित्ताकाट गर्न पाइने छैन ।

कृषि क्षेत्रको रुपमा तोकिएको जग्गालाई काठमाडौं उपत्यकामा १५.७३ आना अर्थात ५०० वर्गमिटर भन्दा कम हुनेगरी कित्ताकाट गर्ननपाइने भएको छ । तराई र भित्री मधेशको हकमा भने ६७५ वर्गमिटर भन्दा कम हुनेगरी कित्ताकाट गर्न पाइनेछैन । काठमाडौं, तराई र मधेश बाहेक पहाडी तथा हिमाली भेगमा भने १ हजार वर्गमिटर भन्दा कम हुनेगरी कित्ताकाट गर्न नपाइने पनि नियमावलीमा उल्लेख छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports