प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

फेरी बढ्यो इन्धनको मूल्य

728
shares

काठमाडौं ।नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । सरकारले पूर्वाधार कर समायोजन गर्ने निर्णय गरेपछि प्रतिलिटर १० रुपैयाँ घटेको इन्धनको मूल्य निगमले बिहीबार मध्यरात देखि लागु हुने गरी बढाएको हो ।

अन्तर्राष्ट्रिय बजारमा उच्च दरले मूल्य वृद्धि भएको तथा इन्धन आयल कर्पोरेसनलाई भुक्तानी गर्नुपर्ने बक्यौता २० अर्ब पुगेको भन्दै निगम सञ्चालक समितिले मूल्य बढाउने निर्णय गरेको हो । पेट्रोलमा लिटरको ८ रुपैयाँ तथा मट्टीतेल र डिजलमा १२ रुपैयाँ मूल्य बढेको आयल निगमले जनाएको छ ।

अब एक लिटर पेट्रोलको १७८ रुपैयाँ पर्छ भने मट्टीतेल र डिजलको १६५ रुपैयाँ पुगेको छ ।एलपी ग्याँस तथा हवाई इन्धनको मूल्य भने बढेको छैन । मूल्य समायोजनपछि पनि पेट्रोलमा २४ रुपैयाँ ७० पैसा तथा डिजलमा १८ रुपैयाँ ०१ पैसा घाटा रहेको निगमको दाबी छ । मट्टीतेलमा भने प्रतिलिटर १७ रुपैयाँ ०१ पैसा नाफा छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports