प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कस्तो रहला आजको मौसम ?

533
shares

काठमाडौं ।नेपालको पूर्वी भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव र पश्चिमी तथा मध्य भू-भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ। प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेशमा सामान्य देखि पूर्ण बदली रही गण्डकी प्रदेश र अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम सफा रही प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षा भइरहेको छ ।

शुक्रवार प्रदेश १, मधेस प्रदेश , बागमती र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू तथा मधेस प्रदेश सहित अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै शनिवार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली देखि मौसम सफा रहनेछ। प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू तथा मधेस प्रदेश सहित अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports