विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मोरङ प्रहरी हिरासतमा रहेका थुनुवाको निधन

728
shares

विराटनगर ।ज्यान मार्ने उद्योग अभियोगमा पक्राउ परेका मोरङको केराबारी गाउँपालिका–२ का ४८ वर्षीय भक्तबहादुर ठकुरीको प्रहरी हिरासतमा निधन भएको छ । जेठ २५ गते घर  बाटै पक्राउ परेका ठकुरीलाई अदालतमा उपस्थित गराउन बिहीबार सरकारी वकिल कार्यालय मोरङमा पेस गरेको थियो । सरकारी वकिल कार्यालयमा बेहोस भएका उनको कोसी अस्पताल पुर्याए लगत्तै निधन भएको हो ।

ज्यान मार्ने उद्योग मुद्दामा प्रतिवादी बनाइएका ठकुरीको उपचारका क्रममा निधन भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनको शव पोस्टमार्टमका लागि अस्पतालमै राखिएको छ । आफ्नै पत्नी सकुन्तला ठकुरीलाई आक्रमण गरेर गम्भीर घाइते बनाएको अभियोगमा उनी पक्राउ परेका थिए । सकुन्तला माथि आक्रमण भएको घटना २०७८ माघको हो ।

त्यसबेला प्रहरीले पक्राउ गरेपछि ठकुरीलाई कोरोना संक्रमण देखिएको थियो । कोरोना संक्रमण देखिएका कारण पछि उपस्थित गराउने शर्तमा उनलाई माघ ४ गते हाजिर जमानीमा छाडिएको थियो । ज्यान मार्ने उद्योग मुद्दाका प्रतिवादी ठकुरीलाई प्रहरीले बिहीबार अदालतमा उपस्थित गराउन विराटनगर ल्याएको थियो । सरकारी वकिल कार्यालयमा बेहोस भएका उनको कोसी अस्पताल पुर्याए लगत्तै निधन भएको हो ।

आफन्तले भने प्रहरीको कुटपिट बाट निधन भएको दाबी गरेका छन् । प्रहरीले कुटपिट गरेका कारण भिनाजुको मृत्यु भएको मृतकका सालो किसन शाहीले आरोप लगाए । ‘घर बाट सकुशल ल्याएको मान्छेकोनिधन  प्रहरीको कुटपिट बाट भएको हुनसक्छ,’ उनले भने, ‘निश्पक्ष छानविन गरी दोषीलाई कारबाही हुनुपर्छ ।’ राज्यको नियन्त्रणमा रहेका बेला निधन भएकाले मृतक परिवारलाई राज्यले क्षतिपूर्ति दिनुपर्ने उनको माग छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports