२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक एक आपसमा मर्ज हुने

1.05K
shares

काठमाडौं ।नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक एक आपसमा मर्ज हुने भएका छन् । शुक्रबार राजधानीमा एक कार्यक्रमका बिच दुई बैंकका बिचमा मर्जरमा जानका लागि प्रारम्भिक सम्झौता भएको हो । हिमालयन बैंक सँगको मर्जर प्रकृया तोडिए पछि इन्भेष्टमेण्ट बैंकले मेगा बैंक सँग मर्जर सम्झौता गरेको हो । मेगा बैंकको १०० कित्ता शेयर बराबर इन्भेष्टमेण्ट बैंकको ९० कित्ता शेयर हुने गरी सम्झौतामा भएको हो ।

ठमेल स्थित अलफ्ट होटलमा भएको सम्झौता अनुसार मर्जर पछि बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड हुनेछ भने अध्यक्ष नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडे हुनेछन् । नयाँ बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी इन्भेष्टमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले सम्हाल्नेछन् भने डेपु्टी प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी मेगा बैंककी कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रवीना देशराज जोशीले सम्हाल्नेछिन् ।

हिमालयन सँगको मर्जर तोडिए पछि इन्भेष्टमेण्ट बैंकलाई अर्को मर्जरमा जान निर्देशन दिएको नेपाल राष्ट्र बैंकले मेगा सँगको मर्जरलाई अघि बढाउन तत्कालै शैद्धान्तिक सहमति दिने देखिन्छ । ढिलोमा असोज मसान्त सम्ममा एकीकृत कारोबार सुरु गर्नका लागि दुवै बैंकले डिडिए, साधारण सभा लगायतका कामलाई तिब्र बनाउने बताएका छन् ।

अहिले नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड रुपैयाँ छ भने मेगाको १६ अर्ब १२ करोड रुपैयाँ छ । ९० प्रतिशतको स्वापमा मर्जर हुँदा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको चुक्ता पूँजी ३३ अर्ब हाराहारी पुग्नेछ । शेयर स्वाप बाट बच्ने १ अर्ब ६० करोड रुपैंया तथा मेगा बैंकको जगेडा कोषको रकम पनि नयाँ बन्ने बैंकको जगेडा कोषमा सञ्चित हुनेछ । यस आधारमा पूँजी, जगेडा कोष, पूँजी कोष लगायतका सुचकका आधारमा सबैभन्दा ठुलो बैंक बन्नेछ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports