प्रधानसेनापति शर्मा र अमेरिकी सेनाका एशिया-प्रशान्त क्षेत्र प्रमुख चार्ल्स ए फ्लिन बीच भेटवार्ता
वि.सं.२०७९ जेठ २७ शुक्रवार २०:११
shares

काठमाडौं। संयुक्तराज्य अमेरिकी सेनाका एशिया–प्रशान्त क्षेत्र प्रमुख चार्ल्स ए फ्लिनले सैनिक मुख्यालय जङ्गी अड्डाको भ्रमणका साथै प्रधानसेनापति प्रभुराम शर्मा सँग पनि भेटवार्ता गरेका छन् ।
चार दिने औपचारिक सद्भावना भ्रमणका लागि बिहीबार नेपाल आएका फ्लिनले शुक्रबार सैनिक मुख्यालय जङ्गी अड्डाको भ्रमण र प्रधानसेनापति प्रभुराम शर्मा सँग भेट वार्ता गरेका हुन् । भेटमा उनीहरु बीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको सेनाले जनाएको छ ।
नेपाल बसाइँका क्रममा फ्लिन र उनका भ्रमणदलका सदस्यहरु शनिबार माउन्टेन फ्लाइटमा सहभागी हुनेछन् । साथै आइतबार काभ्रेको पाँचखालमा रहेको वीरेन्द्र शान्तिकार्य तालिम केन्द्र अवलोकन र शिवपुरी सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गर्ने गरी स्वदेश फर्किने कार्यक्रम रहेको छ ।





































