किसान पेन्सन कार्यक्रम किसानलाई मूर्ख बनाउने
वि.सं.२०७९ जेठ २७ शुक्रवार १९:१८
shares

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०७९ ÷८० का लागि ल्याएको बजेट कार्यान्यनमा चुनौती पूर्ण रहेको सरोकारवालाहरुले बताएका छन् ।
बजेटका केही कार्यक्रमहरु आकर्षक रहेका भएपनि कार्यान्यन कठीनाई उत्पन्न हुने र अहिले देखिएको आर्थिक संकटलाई समाधान गर्न सक्ने कार्यक्रमहरु बजेटमा नसमेटिएको उनीहरुले बताएका छन् ।
बजेट निर्माण गर्दा स्रोत र कार्यान्यनमा जवाफदेहिता नदेखिएको भन्दै यो बजेट ६ महिनापछि संशोधन हुने दावी समेत सरोकारहरुले गरेका छन् ।
पहिलो चार महिना मात्र हो बजेट कार्यान्यन हुने त्यसपछिको ४ महिना प्रदेशसभा र संघीय ससदको चुनावले लिन्छ बाँकी समय बुझ्दाबुझ्दै जेष्ठ १५ आईसक्छ अनि कसरी यो बजेट पूर्ण रुपमा कार्यान्यन हुन्छ ।
बजेटमा द्रुतमार्गका अवधारणा अधि सारिएको भएपनि तयारी नगरी ल्याइएको राष्ट्रिय योजना आयोगका पूर्व सदस्य गोविन्द नेपालको भनाई रहेको छ । उनका अनुसार विद्युतीय सवारी साधनलाई प्रर्वद्धन गर्नुको सट्टा अन्त शुल्क लगाइएको छ ।
वृद्धा भत्ता दिने उमेर ७० वाट घटाएर ६८ बनाइएको छ । त्यसलाई ५५ वर्षमा झारेपनि हुन्छ । तर त्यसलाई जिल्ला आधारमा वनाईनुपर्दछ ।
प्रत्येक परिवारलाई इन्डक्सन चुलो वितरण गर्ने भनिएको छ । काठमाडौमा मात्र सबै परिवारले इन्डक्सन चुलो प्रयोग गरेको खण्डमा विद्युत प्रणाली नै ध्वस्त हुने अवस्था रहेको नेपालको दावी रहेको छ ।
सरकारले ल्याएको बजेटका कार्यक्रमहरु आर्कषक देखिएपनि ति कार्यक्रमहरु कार्यान्यन गर्न र लक्ष्य भेटाउन सक्ने अवस्था नरहेको अर्थ जानकारहरुको भनाई रहेको छ ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलका अनुसार बजेटको आकार वृद्धि गरिएपनि यसले आर्थिक विकास को लक्ष्य हाँसिल हुन नसक्ने जिकिर गरेका छन् ।
आर्थिक विकास हुने भने बजेटको पुँजीगत क्षेत्रवाट हो जव पुँजीगत क्षेत्रमा लगानी नै गरेको छैन भने कसरी विकास हुन्छ त्यही कारणले गर्दा महासचिव पोखरेलले पूँजीगत क्षेत्रमा बजेट नबढेकोमा असन्तुष्टि जनाएका छन् ।
साधारण खर्च मात्र बढाएर स्वभाविक रुपमा जिडिपीमा वृद्धि हुन सक्दैन । यसका लागि उत्पादनशिल क्षेत्रमा लगानी बढाउनु पर्दछ भन्दै महासचिव पोखरेलले किसान पेन्सन कार्यक्रम किसानलाई मूर्ख बनाउने कार्यक्रम रहेको उनले बताएका छन् ।
किसानले जति पैसा जम्मा गर्दछन् । त्यति नै पैसा राज्यले थपिदिने भनेको छ त्यो त बैकले नै दिइहाल्छ नी ? किसान बचत खाता खोल्दा स्वत रकम थपिहाल्छ नि ? त्यसैले सरकारले ल्याएको बजेट जनता झुक्याउने बजेट हो । पोखरेलको भनाई रहेको छ ।




































