kumari
stcnepal

अमेरिका जान कोभिड रिपोर्ट अब नचाहिने

काठमाडौं ।संयुक्त राज्य अमेरिकाले अन्तर्राष्ट्रिय यात्रु माथि लगाउँदै आएको कोभिड–१९ को अनिवार्य परीक्षण प्रावधान हटाउने निर्णय गरेको छ । अमेरिका भित्रिने अन्तर्राष्ट्रिय उडानका सम्बन्धित यात्रुले कोभिड–१९ संक्रमण नभएको स्वाप परीक्षण रिपोर्ट पेश गर्नुपर्ने यसअघिको प्रावधानलाई भोलि देखि हटाउन लागेको हो ।

तर आगामी दिनमा कोभिड संक्रमणको परिस्थितिलाई ध्यानमा राखेर सो सम्बन्धी निर्णयमा पुनरावलोकन हुनसक्ने बताइएको छ । हवाई यात्रुले कोभिड विरुद्धको खोप लगाएको प्रमाणपत्र भने पेश गर्नुपर्नेछ । उक्त प्रावधान हटाइएपछि अब अमेरिकाको आन्तरिक र वाह्य उडानमा ठूलो परिवर्तन आउने बताइएको छ ।

 

 

footer