नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गृहमन्त्रीको हावाहुरीका कारण घाइते भएकाहरुको उपचारका लागि व्यवस्था गर्न सम्बन्धित अधिकारीहरूलाई निर्देशन

507
shares

गृहमन्त्री बालकृष्ण खाणले लुम्बिनी प्रदेशको बर्दिया लगायतका जिल्लामा हावाहुरीका कारण विभिन्न सम्रचना क्षति हुँदा घाइते भएकाहरूको शीघ्र स्वास्थ्योपचारको व्यवस्था गर्न सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, नेपाल प्रहरीका लुम्बिनी प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक नलप्रसाद उपाध्याय, सशस्त्र प्रहरीका लुम्बिनी प्रदेश प्रमुख नायब महानिरीक्षक कुलबहादुर नेम्वाङ, बर्दियाका प्रहरी प्रमुख र सशस्त्र प्रहरी प्रमुखलाई यथाशीघ्र उपचारका लागि अस्पताल पुर्‍याउने व्यवस्था गर्न निर्देशन दिएका हुन् ।

हावाहुरीका कारण बर्दियाको मधुवन नगरपालिका ७ का १२ वर्षीय अमृत थापाको मुत्यु भएको बर्दियाका प्रजिअ बास्तोलाले जानकारी दिए । बास्तोलाका अनुसार घाइते भएका दुई जनालाई गुलरिया अस्पतालमा उपचारपछि थप उपचारका लागि नेपालगन्ज पठाइएको छ । ६ जनाको गुलरियामा उपचार भइरहेको छ । ५ घरमा क्षति भएको जानकारी आएको प्रजिअ बास्तोलाले जानकारी दिए ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports