पौडेल र गुरूङ फेरि राप्रपामा फर्किए
वि.सं.२०७९ जेठ ३१ मंगलवार ०८:५१
shares

काठमाडौं ।कमल थापा नेतृत्वको राप्रपा नेपाल बाट अलग भएका उद्धव पौडेल र चन्द्रबहादुर गुरूङ राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपामा फर्किएका छन् । उनीहरुलाई राप्रपा अध्यक्ष लिङ्देनले सोमबार पार्टीमा स्वागत गरेका राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
महाधिवेशनमा लिङ्देन सँग पराजित भएपछि थापाले राप्रपा नेपाल व्युँताएका थिए । त्यति बेला पौडेल र गुरुङले थापालाई साथ दिएका थिए । तर गत वैशाखमा उनीहरु राप्रपा नेपाल बाट अलग भएका थिए ।
कमल थापाले राजसंस्था नबोक्ने निर्णय गरेपछि र स्थानीय चुनावमा एमाले सँग सहकार्य गर्ने नीति लिएपछि पौडेल र गुरुङ असन्तुष्ट थिए । पौडेल राप्रपा नेपालको केन्द्रीय उपाध्यक्ष र गुरुङ केन्द्रीय कोषाध्यक्षको जिम्मेवारीमा थिए ।
राप्रपामा उनीहरुलाई के जिम्मेवारी दिने भन्ने टुंगो लागिसकेको छैन । तर अध्यक्ष लिङ्देनले उचित जिम्मेवारी दिने बताएको उनी निकट स्रोतले बतायो ।


































