विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जसपा भित्रको विवादका कारण बिधान अधिबेसन स्थगित

741
shares

काठमाडौं ।जनता समाजवादी पार्टी नेपालले असार १ र २ गते गर्ने भनिएको विधान अधिवेशन स्थगित गरेको छ । जसपाले पार्टीका नेता तथा कार्यकर्तालाई सर्कुलर नै पठाएको अधिवेशन स्थगित भएको जानकारी गराएको हो । स्थानीय तहको निर्वाचनको समीक्षा प्रतिवेदन केन्द्रमा आउन बाँकी नै रहेको र पार्टी सदस्यताको अभिलेख तयार नभएको भन्दै अर्को निर्णय नहुञ्जेल सम्मका लागि विधान अधिवेशन स्थगित गरिएको सर्कुलरमा उल्लेख छ ।

विधान अधिवेशनका लागि कार्यविधि बनाउन र प्रतिनिधि छनोट गर्न नसकिएकाले अध्यक्ष उपेन्द्र यादवको आदेशानुसार अधिवेशन स्थागित गरिएको बुझिएको छ । पार्टीमा देखिएको दुई अध्यक्षीय प्रणालीको विवादलाई समाधान गर्नका लागि विधान अधिवेशन बोलाइएको थियो । जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भटट्राईले दुई अध्यक्ष रहनु पर्ने भन्दै आएका छन् भने एक जना मात्र अध्यक्ष मात्र रहनुपर्ने अध्यक्ष उपेन्द्र यादवको अडान छ ।

पार्टीको अन्तरिम विधानमा रहेको दुई जना अध्यक्षको प्रावधानलाई हटाउनका लागि केन्द्रीय समितिको बैठक बाट विधान अधिवेशन गर्ने घोषणा गरेको थियो । तर स्थानीय तहको चुनाव लगायतको बहानामा त्यसलाई स्थगित गरिएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports