प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अमेरिकाले प्रस्ताव गरिरहेको एसपीपी ट्रिटी होइन मानवीय सहयोग गर्ने कार्यक्रम हो : परराष्ट्रमन्त्री खड्का

702
shares

काठमाडौं ।परराष्ट्रमन्त्री डा.नारायण खड्काले अमेरिकाले प्रस्ताव गरिरहेको इन्डोप्यासिफिक स्टार्टेजीलाई सैन्य गठबन्धन नभएर मानवीय सहयोगका लागि बनेको एउटा कार्यक्रम भएको बताएका छन् । प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा मन्त्री खड्काले इन्डोप्यासिफिक कुनै औपचारिक एलायन्स नभएको बताए ।

‘यो नेपाललाई सैन्य गठबन्धनमा लिने सम्झौता हो कि भनेर प्रश्न उठिरहेको छ । हिजो एमसीसी पारित गर्दा पनि हामीले इन्डो प्यासिफिक स्ट्राटेजीका कुरा गर्‍यौँ,’ खड्काले भने, ‘इन्डो प्यासिफिक कुनै फर्मल एलायन्स केही पनि होइन । इन्डियन ओसियन बाट वेस्ट ओसियन सम्मको एउटा कनेक्सन हो ।’ उनले दुई वटा महासागर इन्डियन ओसियन र पश्चिम प्रशान्त महासागरमा पर्ने भू–भागलाई जोड्ने कन्सेप्ट नै इन्डोप्यासिफिक भएको उनको भनाई छ ।

‘यो भागमा रहेका करिब २४ वटा देशहरू सँग एउटा खुला व्यापार, सार्वभौमताको सम्मान गर्ने यी कुराहरूलाई लिएर बनेको एउटा लुज अर्गनाइजेसन हो,’ उनले भने, ‘मैले बुझे अनुसार फर्मल ट्रिटी केही पनि होइन । त्यस अन्तर्गत पहिले एमसीसी र अहिले एसपीपी ….।’ उनले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) अमेरिकाको संघीय सरकार सँग भएका प्रोग्रामलाई पास गरेर मानवीय सहयोगमा प्राकृतिक प्रकोपलाई सम्बोधन गर्ने, सांस्कृतिक क्षमताहरू आदानप्रदान गर्ने, अभिवृद्धि गर्ने कुराहरूका लागि आएको बताए ।

‘पार्टनरसिप भन्ने बित्तिकै ट्रिटी होइन । साझेदार अस्थायी खालको एउटा कन्सेप्ट हो । कुनै एउटा खास मिसनपछि जान्छ । केही समय बस्छ,’ उनले भने, ‘यहाँ कुनै मिलिटरी आएकै छैन ।’ उनले विभिन्न देशका सैन्य संरचना सँग सहकार्य गरेर प्राकृतिक प्रकोप तथा मानवीय प्रकोप विरुद्ध लड्ने यसको लक्ष्य रहेको उनको भनाइ छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports