प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राज्यमन्त्री विमला वली विरुद्ध प्रहरीमा जाहेरी, मुख्यमन्त्रीको रिहा गर्न प्रहरी प्रशासनलाई दबाब

650
shares

दाङ ।आफू र छोरीलाई कुटपिट गरेको भन्दै तुलसीपुर उपमहानगरपालिका-५ कि मीरा भण्डारीले लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वली विरुद्ध प्रहरीमा जाहेरी दिएकी छन् । मंगलबार बिहान राज्यमन्त्री वली आफ्नो घरमा आई आफू र छोरीलाई कुटपिट गरेको भन्दै उनले इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी दिएकी थिइन् । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रन्जनबहादुर स्वाँरले जाहेरी जिल्ला प्रहरी कार्यालय दाङमा पठाएको बताए ।

मंगलबार विहान तुलसीपुर नगरपालिका- ५ स्थित एकराज बस्नेतको घरमा पुगेकी राज्यमन्त्र वलीले बस्नेतको खोजी गर्दै उनकी पत्नी मीना भण्डारी र छोरीलाई हातपात गरेको पीडित पक्षको भनाइ छ । उनलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय दाङमा पठाएको थियो । यता, लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीलाई छोड्न भन्दै मुख्यमन्त्री कुलप्रसाद केसी (सोनाम)ले प्रहरी प्रशासनलाई दबाब दिइरहेका छन् ।

स्रोतका अनुसार बारम्बार प्रहरी र प्रमुख जिल्ला अधिकारीलाई फोन गरेर छाड्नका लागि दबाव दिइरहेका छन् । राज्यमन्त्री वलि विरुद्ध जाहेरी परेकाले प्रहरीले भने छोड्न मानेको छैन । अहिले राज्यमन्त्री वलीलाई जिल्ला प्रहरी कार्यालय घोराहीमै राखिएको प्रहरीले बताएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports