२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एकीकृत समाजवादीको स्थानीय तहको निर्वाचनमा ९ लाख भन्दा बढी मत प्राप्त गरेको दावी

936
shares

काठमाडौं ।नेकपा एकीकृत समाजवादीले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा ९ लाख भन्दा बढी मत प्राप्त गरेको दावी गरेको छ। एकीकृत समाजवादीको स्थायी कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले पेश गरेको चुनावको समीक्षा प्रतिवेदनमा ९ लाख २३ हजार २१९ मत प्राप्त गरेको उल्लेख गरिएको छ।

‘निर्वाचनमा हाम्रो पार्टी बाट प्रमुख/अध्यक्षको उम्मेदवार भए निजले प्राप्त गरेको मत, प्रमख/अध्यक्ष नभई उपप्रमख/अपाध्यक्षको उम्मेदवार भए निजले प्राप्त गरेको मत, उपप्रमुख/अपाध्यक्षको उम्मेदवार पनि नभए वडाध्यक्षको उम्मेदवारले प्राप्त गरेको मत, वडाध्यक्षको उम्मेदवार पनि नभए वडा सदस्यले प्राप्त गरेको मत नदोहोरिने गरी जोड्दा हाम्रो पार्टीका उम्मेदवारहरुले प्राप्त गरेको कुल मत ९ लाख २३ हजार २१९ छ।,’ प्रतिवेदनमा भनिएको छ।

प्राप्त मत मध्ये आधा गठबन्धन बाट प्राप्त भए पनि करिब पाँच लाख मत भने एकल रुपमा नै आफूहरुले पाएको उल्लेख गरिएको प्रतिवदेनमा सबै ठाउँमा उम्मेदवारी दिएको भए यसको दोब्बर मत प्राप्त हुने आँकलन गरिएको छ।

‘यो मत मध्ये आधा गठबन्धनका अन्य दलहरुको र आधा मात्रै हाम्रो मान्ने हो भने पनि करिब ५ लाख मत हामीले प्राप्त गरेका छौं,’ प्रतिवेदनमा भनिएको छ, ‘हामीले करिब २५ प्रतिशत स्थानमा मात्रै उम्मेदवारी दिदा यति मत प्राप्त भयो भने गठबन्धन नभएका सबै स्थानमा उम्मेदवारी दिएको भए शायद यसको दोब्बर भन्दा बढी मत प्राप्त हुने थियो।’

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports