प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमालेको अनुशासन आयोगले घनश्याम भूसाल माथि कारवाहीको सिफारिस अनुमोदन गर्यो

702
shares

काठमाडौं ।नेकपा एमालेको अनुशासन आयोगले स्थायी कमिटी सदस्य घनश्याम भूसाललाई कारवाही गर्न पार्टी कमिटीलाई पठाएको सिफारिस अनुमोदन गरेको छ । मंगलबार केन्द्रीय मुख्यालय च्यासलमा बसेको आयोगको पूर्ण बैठकले भूसालको अभिव्यक्ति कारवाही योग्य भएको भन्दै यसअघि आयोगकै सचिवालयको निर्णयलाई अनुमोदन गरेको हो । ‘पार्टी नेतृत्व बारे जस्तो अन्तर्वार्ता दिनुभयो । त्यो कारवाही योग्य छ भन्ने सचिवालयको निर्णयलाई अनुमोदन गरिएको छ’, आयोगका एक सदस्यले भने ।

१८ जेठमा अध्यक्ष केशव बडालले अनुशासन आयोगको सचिवालय बैठक राखेर भूसाललाई पार्टी विधान बमोजिम कारवाही गर्न सिफारिस गरेका थिए । तर आइतबार एमालेको केन्द्रीय कार्यालय समिति र सोमबारको सचिवालय समितिको बैठकमा आयोगको सिफारिस एजेण्डा बनेन ।

सचिवालय बैठक सकिएको भोलिपल्ट, मंगलबार बसेको आयोगको पूर्ण बैठकले भने भूसाललाई कारवाही गर्न गरिएको सिफारिस अनुमोदन गरेको छ । ‘आवश्यक निर्णय केन्द्रीय कमिटीले गर्छ । हामीले सिफारिस गर्ने हो, टेलिभिजनको त्यो अन्तर्वार्ता कारवाही योग्य छ’, आयोगका ती सदस्यले भने ।

भूसालले हिमालय टेलिभिजन सँगको एक अन्तर्वार्तामा स्थानीय तह निर्वाचनमा पार्टी हारको जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीले लिनुपर्ने अभिव्यक्ति दिएका थिए । आयोगको बैठकले स्थानीय चुनावमा अन्तर्घात गर्नेलाई विधान बमोजिम कारवाही गर्न समेत सिफारिस गरेको छ । तर ठाउँ र व्यक्ति भने तोकेको छैन ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports