प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अमेरिकी सेना सँग कुनै पनि एसपीपी सम्झौता गरेका छैनौं : नेपाली सेना

715
shares

काठमाडौं । नेपाली सेनाले अमेरिकी सेना सँग स्ट्राटिजिक पार्टनरसिप प्रोग्राम एसपीपी सम्बन्धी कुनै पनि सम्झौता नगरेको स्पष्ट पारेको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले विज्ञप्ति निकालेर एसपीपी सम्बन्धी सञ्चार माध्यममा आएका समाचारमा आफ्नो ध्यानाकर्षण भएको भन्दै त्यस्तो सम्झौता नगरेको स्पष्ट पारेको छ ।

एसपीपी सम्बन्धी कुनै पनि सम्झौता वा समझदारी नेपाली सेनाले अमेरिकी सेना वा सरकार सँग नगरेको र त्यस्तो सम्झौता गर्नेतर्फ कुनै प्रक्रिया समेत नभएको सेनाको दाबी छ । नेपालले अवलम्बन गरेको असंलग्न परराष्ट्र नीति, नेपालको विशिष्ट भू–राजनैतिक अवस्थिति एवं सामरिक संवेदनशीलतामा प्रतिकुल असर गर्ने गरी कुनै पनि सैनिक समझदारी भविश्यमा कोही कसै सँग पनि गर्न नहुनेमा सेना सदैव स्पष्ट रहेको विज्ञप्तिमा लेखिएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports