आज प्रतिनिधि सभाको बैठक बस्दै
वि.सं.२०७९ असार २ बिहीवार ०७:१८
shares

काठमाडौं ।प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ। बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।बैठकमा विनियोजन विधेयक माथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ।

आज रक्षा मन्त्रालय, अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालयको तर्फबाट बजेटका सन्दर्भमा उठेका विषयमा जवाफ दिने संभावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।





































