२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पूँजी बजार तथा वित्तीय क्षेत्रमा देखिएको समस्या अध्ययन गर्न गठित कार्यदलको संयोजकमा विनयदेव आचार्य सिफारिस

780
shares

काठमाडौं । पूँजी बजार तथा वित्तीय क्षेत्रमा देखिएको समस्या अध्ययन गर्न गठित कार्यदलको संयोजक तोकिएको छ । नेपाल धितोपत्र बोर्ड स्रोतका अनुसार सेयर लगानीकर्ताको समस्या समाधानका लागि गठित समितिमा धितोपत्र बोर्डले संयोजक र सदस्य सचिवको नाम सिफारिस गरेको हो ।

बोर्डले निमित्त कार्यकारी निर्देशक विनयदेव आचार्यलाई समिति संयोजकका रुपमा सिफारिस गरेको थियो । यस्तै उपकार्यकारी निर्देशक रुपेश केसीलाई भने कार्यदलको सदस्य सचिवको जिम्मेवारी दिएको छ । अध्यक्ष रमेश हमाल बिदा बस्नुअघि नै गत हप्ता नै बोर्डले संयोजक र सदस्य सचिव सिफारिस गरेको थियो । यस्तै समिति सदस्यमा अर्थ मन्त्रालय बाट उपसचिव इन्द्रबहादुर देवकोटा प्रतिनिधि तोकिएका छन् ।

बोर्डका अनुसार चार सदस्सीय समितिमा रहने एक सदस्यका लागि राष्ट्र बैंक सँग ताकेता भइरहेको छ । कार्यदलले मौद्रिक नीति अगावै सेयर लगानीकर्ताका समस्या समाधानका लागि सिफारिस गर्ने छ । ‘राष्ट्र बैंकले बिहीबार अबेर वा शुक्रबार भित्रमा प्रतिनिधिको नाम पठाए पछि समितिले काम थाल्ने छ’ बोर्ड स्रोतले भन्यो ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports