२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधान सेनापतिलाई संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बोलायो

767
shares

काठमाडौं ।प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानसेनापति प्रभुराम शर्मालाई छलफलका लागि बोलाएको छ । नेपाली सेनाले अमेरिकाको नेसनल गार्ड सँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) का लागि पत्राचार गरेको विषय सार्वजनिक भएपछि संसदीय समितिले शुक्रबार बिहान ९ बजेका लागि बस्ने तय भएको बैठकमा प्रधानसेनापति शर्मालाई छलफलमा बोलाएको हो ।

समितिको सचिवालयका अनुसार एसपीपीकै विषयमा प्रधान सेनापति सहित सरकारी अधिकारीहरुलाई छलफलमा बोलाइएको हो । प्रधानसेनापति शर्माको तय भएको पर्सि देखि मिसन मुलुकह रूपछि हुने अमेरिका भ्रमणमा एसपीपीमा सम्झौतामा हस्ताक्षर गर्ने विषय सार्वजनिक भएपछि आलोचना भइरहेको छ । प्रतिनिधिसभाका सदस्यहरूले यस विषयमा सदनलाई जानकारी गराउनुपर्ने माग गरिरहेका छन् ।

बुधबार मात्रै अमेरिकी दूतावासले एसपीपी सम्बन्धी कुनै सम्झौता पत्रमा हस्ताक्षर गर्नु नपर्ने र यसअघि नै नेपाल यसको अंग भइसकेको बताएको थियो । दूतावासले नेपालले सन् २०१५ र २०१७ दुईपटक आवेदन दिएपछि २०१९ मा अमेरिकाले त्यसलाई स्वीकृत गरेको बताएको थियो । त्यसको केही घण्टापछि एक विज्ञप्ति जारी गर्दैै नेपाली सेनाले कुनै पनि सैन्य गठबन्धनमा नरहेको र रहने प्रक्रिया नभएको जनाएको थियो ।

तर, त्यसको भोलिपल्ट बिहीबार तत्कालीन प्रधान सेनापति राजेन्द्र क्षेत्रीले काठमाडौं स्थित अमेरकी दूतावासलाई स्टेट पार्टनरसिपमा सहभागी हुन पत्र लेखेको सार्वजनिक भएको छ ।पत्र सार्वजनिक भए सँगै प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले वर्तमान प्रधानसेनापति प्रभुराम शर्मालाई बैठकमा बोलाएको छ । बैठकमा प्रधानसेनापति शर्मा सँगै परारष्ट्रमन्त्री नारायण खड्का, परराष्ट्र सचिव भरतराज पौड्याल र रक्षा सचिव, किरणराज शर्मालाई समेत बोलाएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports