२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एसपीपी कार्यान्वयन गर्ने कि रद्द गर्ने नेपालको हातमा रहेको अमेरिकी दूतावासको उदघोस

806
shares

काठमाडौं ।स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) कार्यान्वयन गर्ने कि रद्द गर्ने नेपालको हातमा रहेको नेपाल स्थित अमेरिकी दूतावासले बताएको छ । एसपीपी कार्यान्वयनको विषयलाई लिएर नेपालमा चर्को बहस छ । सरकारलाई यो कार्यक्रम स्वीकार नगर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमाले मात्र होइन, स्वयं सत्तारुढ दलका सांसदहरुले नै दबाव दिएका छन् । बिहीबार गृहमन्त्री बालकृष्ण खाँणले पनि स्टेट पार्टनरसीप प्रोग्राम नेपालले स्वीकार नगरेको र गर्न पनि नसक्ने बताएका थिए ।

यद्यपि स्टेट पार्टनरसीप प्रोग्राममा समावेश गर्न सरकारको सहमतिमा नेपाली सेनाले सन् २०१५ मा पत्रचार गरेको खुलेको छ । काठमाडौं स्थित अमेरिकी दूतावासका नियोग उपप्रमुख मानुअल मिकलरले पनि सन् २०१५ र २०१७ मा एसपीपीमा सहभागी हुन नेपालले आवेदन दिँदा यहाँको नागरिक, सरकार र सेना सँग खुला छलफल गरिएको बताएका छन् ।

अहिले सम्म एसपीपी अन्तर्गत कुनै पनि कार्यक्रम सुरु नभएको र नेपालले यसलाई स्वीकृत गरेपछि मात्रै कार्यन्वयनमा जाने उनले बताएका छन् । उनले  भनेका छन्, ‘कुनै पनि देशमा एसपीपी बाट बाहिरिन चाहेको खण्डमा अमेरिकालाई जानकारी गराउन सक्छ । अहिले सम्म सहभागी भएका ९० वटा देश मध्ये बेलारुस मात्र यो कार्यक्रम बाट बाहिरिएको छ ।’

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports