२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बलात्कार मुद्दा कमजोर बनाउन इन्कार गरेकी सरकारी वकिलको सरुवा

767
shares

काठमाडौं ।बलात्कार मुद्दा कमजोर बनाउन दबाव दिएको आरोप खेपेका महान्यायाधिवक्ता खम्मबहादुर खातीले उक्त मुद्दाको अभियोजन गरेकी सरकारी वकिललाई सरुवा गरेका छन् । ललितपुरको इमाडोलमा भएको बलात्कार मुद्दा कमजोर बनाउन इन्कार गरेकी सरकारी वकिल (सहायक न्यायाधिवक्ता) संगिता ठोकरलाई महान्यायाधिवक्ता कार्यालयले सरुवा गरेको हो ।

जिल्ला सरकारी वकिलको कार्यालयमा कार्यरत सहायक न्यायाधिवक्ता ठोकरलाई महान्यायाधिवक्ता कार्यालयले मुख्य न्यायाधिवक्ताको कार्यालय, हेटौंडामा सरुवा गरेको हो । ‘मेरा सहकर्मी र मलाई मुद्दा कमजोर बनाउन र कमजोर दफा प्रयोग गर्न निरन्तर दवाव आएको थियो,’ सहायक न्यायाधिवक्ता ठोकरले  भनिन्, ‘मैले त्यो कुरा स्वीकार्ने कुरै भएन । जे यथार्थ हो, त्यो काम गरेँ । अहिले सरुवा भएको छ ।’

उनी माथि सरकारी वकिल कार्यालयको सूचना चुहाएको भनी महान्यायाधिवक्ता कार्यालयका केही अधिकारीहरुले अप्रत्यक्ष दबाव दिएका थिए । ललितपुर इमाडोलको ग्रिनहिल सिटीमा बस्ने सुशील चटौतले आफ्नै घरमा राखेकी १३ वर्षीया बालिका माथि यौन दुव्र्यवहार र बलात्कार गरेको आरोप लागेको हो । बालिका तनावमा रहेको र असामान्य व्यवहार देखाएको थाह पाएपछि बालबालिकाको क्षेत्रमा काम गर्ने एक संस्थाले उनको उद्दार गरेको थियो ।

त्यसपछि सोधपुछका क्रममा उनका संरक्षक समेत रहेका चटौतले बलात्कार गरेको खुलेको हो । त्यसपछि चटौत विरुद्ध जाहेरी दर्ता देखि मुद्दा दायर गर्ने बेला सम्म दबाव दिएको महान्यायाधीवक्ता कार्यालयले मुद्दामा अडान लिएको आरोपमा ठोकरलाई सरुवा गरेको हो ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports